२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोडको बजेट

अ+ अ-

काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगर उपप्रमुख शान्ति कोइरालाले नगर सभामा प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६३ करोड ३१ लाख ४६ हजार अर्थात् ५८।२३ प्रतिशत र पुँजीगततर्फ ४५ करोड ४० लाख ९८ हजार अर्थात् ४१।७७ प्रतिशत छुट्टाइएको छ ।

नगरपालिकाले सञ्चित कोष तथा अन्य कोषहरूबाट ५ करोड ५० लाख, आन्तरिक राजश्व २७ करोड ८६ लाख १० हजार, संघीय सरकार तथा गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँटबाट १६ करोड ६१ लाख ७१ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा अन्तर सरकारी अख्तियारीबाट ५८ करोड ७४ लाख ६३ हजार रकमको अनुमान पेश गरेको छ ।

पालिकाले वडा नं. ३, १४ र १८ लाई ८० लाख र अन्य सबै वडाका लागि ७० लाख रकम विनियोजन गरेको छ । नगरभित्रका गौरवका आयोजनाका लागि १२ करोड ५ लाख, कृषिका लागि १ करोड १० लाख विनियोजन गरेको पालिकाले आगामी आर्थिक वर्षमा गैँडाकोटमा बसपार्क बनाउने योजना सार्वजनिक गरेको छ ।

वडा नं. १, २,१३ र १६ का वडा कार्यालय भवनलाई आगामी वर्ष भित्र नयाँ बनाइसक्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरपालिकाले सेवा छिटो, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित बजेट निर्माण गरेको जनाएको छ। यसपटकको बजेटमा नागरिकका लागि स्वास्थ्य र गुणस्तरीय शिक्षा, विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण र रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिइएको छ।