काठमाडौँ। बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौँका धोबीखोला करिडोर डुबानमा परेको छ ।
अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेका छन् भने सडकमा गुड्ने सवारी ठप्प भएका छन् ।
यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
वर्षाले धोबी खोलामा बढेको पानीको बहावले पुलमुनि रहेको गाडी डुबाएको छ भने सडकका विभिन्न स्थान जलमग्न भएको छ ।







