२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिने भक्तपुर औद्योगिक प्रवर्द्धन मेला सुरु

अ+ अ-

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीन दिने भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु भएको छ । 

भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरू, माटोको भाडोहरु पौवा चित्रहरू, लत्ताकपडाहरू, विभिन्न जातका बिरुवाहरू, खाद्यान्नको प्रदर्शनी गरिएको संघका महासचिव नवीन प्रजापतिले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजार प्रवर्द्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले आजबाट सुरु भएको तीन दिने मेला करिब ५५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । 

मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरू, मेलामा स्थानीय खानाका स्टलहरू, रहेको महासचिव प्रजापतिले बताए । 

स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकला, मूर्ति बनाउने कार्य प्रत्यक्ष प्रदर्शनी हुने उनको भनाइ छ । मेलामा बालबालिकाहरूलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको छ । 

मेलामा भक्तपुर, काभ्रे र काठमाडौँका उद्यमीहरूको ४५ वटा स्टल रहेको र रु एक करोडसम्म बिमा व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो मेलाको उद्घाटन आज बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं गरे ।