२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा स्थानीयवासीले थप रु १६ लाख सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण गरेका छन् । 

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट विनियोजन गरेको पाउद्धार माविको स्टेज र खेलमैदान ढलान योजना सहयोग र श्रमदान जुटाएर सम्पन्न गरेका हुन् । उपभोक्ता समितिका सचिव हरिप्रसाद तिलिजाले पुरानो स्टेजलाई पुनर्निर्माण गर्नुका साथै खेलमैदान ढलान, बास्केटबलको फाइबर बोर्ड जडान, प्रवेशद्वार मर्मत सकिएको र प्यारापिट प्लास्टरको तयारी भएको जानकारी दिए । 

“रु तीन लाख बजेटले योजना अधुरो हुने भएपछि बेलायत, हङकङलगायत देशमा रहेका पाउद्धारवासीलाई सहयोगको अनुरोध गरेका थियौँ”, उनले भने, “विदेशमा रहेका पूर्वविद्यार्थीले आफूले पढेको विद्यालय र जन्मथलो सम्झिएर मन खोलेर सहयोग तथा गाउँमा भएकाले श्रमदान गरेपछि खेलमैदान बनाउन पनि सफल भएका हौँ ।”

सठ्ठाइस मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान गरेर पक्की बनाउनुका साथै बास्केटबलको फाइबर बोर्ड राखिएको छ । पाउद्धारको तीन वटा टोलका १३५ घरपरिवारले एकरएक दिनका दरले श्रमदान गरेका थिए । 

खेलमैदानको कुनातर्फ रहेको ३० मिटर लामो प्यारापिट पलास्टर गर्न सिमेन्ट र बालुवा ढुवानी गरिएको छ । गाउँपालिकाबाहेक रु १६ लाख सहयोग जुटेको सचिव तिलिजाले बताए। पाउद्धार मावि परिसरको स्टेजमा विद्यालयको भवन नभएको अवस्थामा ४० वर्षअघि खरीले पाटीमा लेखेर पढाउने गरिएको थियो । 

स्टेज र खेलमैदान निर्माण भएपछि औपचारिक कार्यक्रम सञ्चालनका साथै खेलअभ्यास गर्न सहज भएको पाउद्धार माविका प्रअ हेमन्त तिलिजा पुनले बताए। ३५ वर्षअघि म्याग्दी जिल्लामै पहिलोपटक ढलान गरिएको पाउद्धार माविको खेलमैदान पछिल्लो समय जीर्ण बनेको थियो । उक्त खेलमैदानमा पाउद्धारका प्रौढ, बालबालिका र किशोर किशोरीहरू हरेक साँझ समूह बनाएर भलिबल र बास्केटबल खेल अभ्यास गर्छन् ।