काठमाडौँ । काँकरभिट्टा बसपार्कबाट अवैध हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्कबाट भारत पश्चिम बंगाल, सिलिगुढी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाई राखिएको एक थान एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट तथा दुई थान खुकुरी फेला पारेको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका पाठकमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।







