२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागमाथि गम्भीर आरोप: ‘अवैध सम्पत्ति आर्जन गर्नेलाई तर्साउने र असुली गर्ने कार्यमा लागे'(भिडियोसहित)

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८२ माथिको छलफलका क्रममा सांसद प्रभु साहले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागमाथि गम्भीर आरोप लगाएका छन्। उनले यी विभागहरू अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूलाई तर्साउने, धम्काउने र असुली गर्ने कार्यमा संलग्न रहेको दाबी गरे।

साहले सरकारका यी निकायहरूले आफ्नो जिम्मेवारीअनुसार भ्रष्टाचार नियन्त्रण गर्नेभन्दा पनि उल्टै अनुचित लाभ लिने कार्यमा लागेको बताए। “प्रधानमन्त्री भन्नुहुन्छ, म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, तर उहाँकै मातहतमा रहेका यी विभागहरूले अवैध सम्पत्ति आर्जन गर्नेहरूलाई तर्साएर र धम्काएर असुली गर्ने काम गरिरहेका छन्,” उनले भने।

उनले राज्यका हरेक निकायमा बेथिति र भ्रष्टाचार बढ्दै गएको उल्लेख गर्दै सरकारको भ्रष्टाचार विरोधी नीतिमा गम्भीर प्रश्न उठाए। साहको यो आरोपले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागको कार्यशैलीमाथि संसद्‌मा तीव्र बहस सिर्जना गरेको छ।