२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिइने

अ+ अ-

काठमाडौँ । गुल्मीको रेसुङ्‍गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ ।

नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा उक्त योजनाबारे जानकारी गराएका हुन् ।

नीति कार्यक्रम अनुसार, नगरभित्रका विद्यालयमा अध्ययन गरेर एसइईमा ग्रेड पोइन्ट औसत (जिपिए) ४.० प्राप्त गर्ने विद्यार्थीलाई “नगर प्रमुख शैक्षिक पुरस्कार” अन्तर्गत नगद १ लाख रुपैयाँ प्रदान गरिने नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

यतिमात्र होइन, सो पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा, कक्षा १२ को अन्त्यमा थप ५० हजार रुपैयाँ छात्रवृत्तिको रूपमा एकमुष्ठ प्राप्त गर्नेछन् ।

नगरपालिकाले यस कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक उत्कृष्टताप्रति प्रेरित गर्न तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ । 

यो योजनाले विशेष गरी मेहनती र लक्ष्यमा केन्द्रित विद्यार्थीलाई थप ऊर्जा दिने विश्वास नगर प्रमुख पन्थीले व्यक्त गरेका छन् ।