काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८८/०८१-८२ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, केमेस्ट्री समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै आयोगले विज्ञापन नं. १७१८५/०८१-८२ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, मेटेरियोलोजी समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।

यसैगरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८४/०८१-८२ (खुला), नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा पनि उम्मेदवार सिफारिस गरिएको छ ।








