काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्यातमा अघिल्लो वर्ष भन्दा ७७.७७ प्रतिशतले वृद्धि भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उनले उक्त कुरा बताउँदै अर्थतन्त्रको सुधारमा यो सकारात्मक संकेत भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘निर्यातमा अघिल्लो वर्ष भन्दा ७७.७७ प्रतिशतले वृद्धि। यस वर्ष बितेका ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ। अर्थतन्त्रको सुधारमा यो सकारात्मक संकेत हो।’







