२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा समस्या समाधान र सरकारको लक्ष्य प्राप्तिका लागि प्राधिकरणले अघि सार्‍यो चार एजेन्डा 

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा समस्या समाधान र सरकारको लक्ष्य प्राप्तिका लागि गरेर चार एजेन्डा अगाडि सारेको छ ।

सञ्चारकर्मीहरूसँगको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा समस्या समाधान गर्न विद्युत् गुणस्तरीयता, ऊर्जा सुरक्षा, वित्त व्यवस्थापन र प्रसारण लाइन विस्तारमा अघि बढ्नुको अर्को विकल्प नभएको बताएका छन् । त्यसका लागि उनले आफ्नो कार्यकालमा यी विषयलाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने जानकारी दिए ।

शाक्यले विगतमा भएका कुरा बिर्सिएर अहिले ट्रिपिङ हुँदा ठुलोजस्तो पनि लागेको हुन सक्ने उल्लेख गरे ।

उनले गुणस्तरीय विद्युत्का लागि फिडरमा लगानी गर्ने लगायत योजना बनाएको जानकारी दिए ।

उनका अनुसार आयात बन्द गरेर वा निर्यात बढाएर ऊर्जा सुरक्षा हुँदैन । समग्रमा भन्ने हो भने ऊर्जा सुरक्षा भनेको सन्तुलन पनि हो । ब्याट्रीका आयोजना एक-डेढ वर्षभित्र बनाउन सकिन्छ । पम्प स्टोरेज आयोजनाका लागि दुई-तीन वर्ष लाग्न सक्छ । पाँचदेखि १० वर्षसम्ममा ल्याउन सकिने जलाशय आयोजना सन्तुलित रूपमा ल्याउनुको विकल्प छैन ।

शाक्यका अनुसार प्राधिकरणको सञ्चित नाफा ४६ अर्बमध्ये लिनुपर्ने बक्यौता करिब ४४ अर्ब छ । त्यो भनेको २ अर्ब मात्रै हो । साढे ४६ अर्ब नाफा हो । तर, त्यो नाफा नगदमा छैन, कागजमा मात्रै छ । 

ऊर्जा सुरक्षा र गुणस्तरीय विद्युत्का लागि चाहिने भनेको प्रसारण लाइन र वितरण लाइन भएको भन्दै त्यसका लागि लगानी चाहिने शाक्यले बताए । सबैभन्दा ठूलो लगानी गर्ने एडिबी लगायतले पनि पीपीपी मोडेलमा जान संकेत गरेको उनको भनाइ छ ।