काठमाडौँ । सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने बताएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल हुँदा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले भू तथा जलाधार संरक्षण, जैविक विविधता संरक्षण र जडीबुटीको उपयोगमा जोड दिने बताएका छन् ।







