काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोग कार्यालयले सोमबार उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८९/०८१-८२ (आ.ज.), नेपाल इन्जिनियरिङ सेवा, एगृ. इरिगेशन इन्जिनियरिङ समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९०/०८१-८२ (आ.प्र.), नेपाल कृषि सेवा, कृषि प्रसार समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि सिफारिस गरिएको छ ।

यसैगरी आयोगले विज्ञापन नं. १७१९१/०८१-८२ (खुला), नेपाल कृषि सेवा, कृषि प्रसार समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।








