२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. स्वर्णिम वाग्लेले भने-‘यो सरकार काण्ड लुकाउन मात्रै बन्यो, अब ढल्नुपर्छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार मुलुक र लोकतन्त्रको हितमा नरहेको भन्दै यो ढल्नुपर्ने बताएका छन्।

दुई तिहाइको बहुमत पाएको सरकारले सुशासन र विकासमा काम गर्नुको साटो केही काण्डहरू लुकाउन मात्र केन्द्रित भएको उनको आरोप छ। डा. वाग्लेले आफ्नो पार्टीको आधिकारिक धारणा नै वर्तमान सरकार ढाल्नुपर्छ भन्ने रहेको स्पष्ट पारेका छन्।

‘यो सरकारले दुई तिहाइको नाममा राज्य संयन्त्र कब्जा गर्ने र विसंगतिलाई मौलाउन दिने काम गर्‍यो,’ उनले भने, ‘सुशासन कायम गर्ला, अर्थतन्त्रलाई तङ्ग्र्याउला भनेको त यो २/३ वटा काण्ड लुकाउन मात्र आएको रहेछ। त्यसैले यो सरकार लोकतन्त्रका लागि अहितकर छ।’

रास्वपाले विगतमा छोटो समय सरकारमा रहेर पनि परिणाम दिन सकिन्छ भन्ने प्रमाणित गरेको उनले दाबी गरे। ‘हाम्रा चारै जना मन्त्रीले कुनै बदनामी र काण्डबिना शिक्षा, श्रम, खेलकुद र गृह मन्त्रालयमा राम्रो काम गर्नुभयो,’ उनले भने, ‘हामी भ्रष्टाचारमा लिप्त हुँदैनौँ भन्ने देखाउन पनि सरकारमा गएका थियौँ।’

सरकार ढलेपछिको अवस्थाबारे बोल्दै डा। वाग्लेले रास्वपाले नयाँ बन्ने सरकारलाई बाहिरैबाट समर्थन गर्न सक्ने संकेत गरे। ‘पार्टीभित्र सरकारमा जानुहुँदैन भन्ने मतलाई उच्च सम्मान गर्दै, नयाँ समीकरणलाई प्राविधिक रूपमा संख्या मात्र आवश्यक परे दिन सकिन्छ,’ उनले भने।

उनले देश परिवर्तनका लागि ‘सेतो घोडामा चढेर आउने एक व्यक्ति’ को भ्रममा पर्न नहुने तर ५(७ जना असल र क्षमतावान् व्यक्ति नेतृत्वमा पुगे देशले छोटो समयमै कायापलट गर्न सक्नेमा जोड दिए।