२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजिअ पौडेलको समन्वयमा दार्चुलामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम संकलन

अ+ अ-

दार्चुला । प्रमुख जिल्ला अधिकारीको प्रमुख दायित्व शान्ति सुरक्षाका लागि आवश्यक काम र समन्वय गर्नु नै हो । तर यहाँका प्रजिअ अनिल पौडेलले समाजसेवाका लागि उदाहरणीय पहलको थालनी गरेका छन् ।

उनले जिल्लामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम संकलन गर्ने अभियान सुरुआत गरेका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा विशेष गरेर सुत्केरी तथा आकस्मिक सेवाका बिरामी समस्यामा पर्दै आएका छन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी पौडेलले ‘ब्लड बैंक’ स्थापनार्थ सुरक्षाकर्मी र कर्मचारीबाट संकलन गरिएको रु. पाँच लाख दुई हजार ८८१ नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महरलाई हस्तान्तरण गरे । जिल्ला अस्पतालमा आउने अधिकांश बिरामीलाई रगत आवश्यक हुँदा रक्तदान गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न ब्लड बैंक स्थापना गर्न रकम संकलन गरिएको प्रजिअ पौडेलले जानकारी दिए । उनले भने, “राष्ट्रसेवक कर्मचारीले गर्न सक्ने जति सहयोग स्व:स्फुर्त गरिएको छ । यो अभियानलाई निरन्तरता दिँदै ब्लड बैंक सञ्चालन भएको हेर्न चाहन्छौँ ।”

जिल्ला समन्वय समिति प्रमुख महदेव बडू (कस्यप)ले यो अभियानमा सबै स्थानीय तह र तीन सय बढी जनप्रतिनिधिलाई आफूले सहयोगका लागि आह्वान गर्ने बताए । उनले भने, “अहिलेसम्मकै यो पुण्य काम हो । छिट्टै जिल्ला सभा हुँदैछ, प्रस्तावकै रूपमा लगेर यो अभियानलाई आफूले सक्ने सहयोग गर्न तयार छौँ।”

महाकाली नगरप्रमुख नरसिंह चैसिरले जिल्लाका लागि नभई नहुने ब्लड बैंक स्थापना गरेर सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए । “यो मेरो प्रतिबद्धता भयो, जहाँबाट भए पनि ब्लड बैंक स्थापनार्थ बजेट खोज्छौँ । जिल्ला अस्पतालका लागि यो नभई नहुने थियो, प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले एउटा राम्रो काम अघि बढाएकामा धन्यवाद दिँदै यो काम पूरा गराउने काम हामी गर्छौँ”, उनले भने ।

जिल्ला अस्पतालका डा. सञ्जीव श्रेष्ठ तत्काल रगतको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न जिल्लामा ब्लड बैंक जरुरी भएको बताए । स्थापना गर्न बजेटको हिसाबले खर्चिलो भए पनि पहाडी जिल्लाका लागि आवश्यक रहेको छ भने । अहिले अस्पतालमा सर्वसाधारण, सुरक्षाकर्मी खोजेर रक्तदानका लागि आग्रह गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

यसअघि २०७२ सालमा नेपाल रेडक्रस दार्चुलाको अगुवाइमा ब्लड बैंक स्थापनार्थ सहयोग रकम उठाइएको थियो । त्यसले थोरै भए पनि ब्लड बैंकमा चाहिने सामग्री व्यवस्थापनमा सहयोग पुगेको नेपाल रेडक्रस दार्चुलाका महामन्त्री दीपक अवस्थी बताउँछन् । “राम्रो ब्लड बैंक स्थापना गर्न बजेट सुनिश्चितता कहीँबाट भएको छैन । स्रोत भयो भने राम्रै बनाउनुपर्छ”, उनले भने ।