२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलले युद्ध विराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

अ+ अ-

काठमाडौँ । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्ध विरामको प्रस्तावमा सहमति जनाएको बताएपछि तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ । मङ्गलबार बिहान करिब ०६५० जिएमटीमा ब्रेन्ट पाँच दशमलव दुई प्रतिशतले घटेर प्रतिब्यारेल ६७ दशमलव ७५ डलरमा झरेको थियो भने मुख्य अमेरिकी कच्चा तेल सम्झौता डब्लुटिआई प्रतिब्यारेल पाँच दशमलव चार प्रतिशतले घटेर ६५ दशमलव ०१ डलर भएको थियो ।

“द्वन्द्वको सम्भावित अन्त्यलाई बजार सहभागीहरूले स्वागत गरेका छन्”, एमयुएफजीका ली हार्डम्यानले लेखेका छन् । उनले ब्रेन्टले ‘द्वन्द्व सुरु भएदेखि नै सबै लाभहरू लगभग पूर्ण रूपमा उल्ट्याएको’ बताए ।

“अमेरिकी डलरले हालैको लाभ फिर्ता दिएर एफएक्स बजारमा पनि यस्तै परिवर्तन भइरहेको छ । यदि मध्यपूर्वको जोखिम अब बजार चालकका रूपमा पृष्ठभूमिमा मिसिएको छ भने अमेरिकी डलरको कमजोर प्रवृत्ति फेरि सुरु हुने सम्भावना बढी छ”, उनले भने ।

इरानले रणनीतिक स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानीलाई रोकेर आफ्नो आणविक सुविधाहरूमा सप्ताहन्तमा अमेरिकी आक्रमणको बदला लिन सक्ने सम्भावनामा सोमबार बिहान कच्चा तेलको मूल्यमा केही समयका लागि वृद्धि भएको थियो ।

तर इरानले कतारको प्रमुख अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको र तेल क्षेत्रको सम्पत्ति अ प्रभावित रहेको बताएपछि तिनीहरू सात प्रतिशतसम्म तल झरेको थियो ।

युद्ध प्रिमियम
“तेहरानले राम्रो खेल्यो । तिनीहरूको ‘प्रतिशोध’ ले कतारको अमेरिकी आधारमा प्रहार गर्‍यो–हेडलाइनहरूका लागि पर्याप्त चर्को, तेल बजारको जग हल्लाउन नसक्ने शान्त”, एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, “र एकचोटि यो स्पष्ट भएपछि युद्धको प्रिमियम कच्चा तेलबाट बाहिर निस्कियो ।” इजरायली सरकारले मङ्गलबार एक विज्ञप्तिमा इरानसँगको युद्धमा देशले ‘सबै उद्देश्य हासिल गरेको’ र यसले ‘तत्काल दोहोरो अस्तित्वको खतरा: आणविक र ब्यालिस्टिक’ हटाएको बताएको छ । “इजरायलले युद्ध विरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ”, विज्ञप्तिमा भनिएको छ ।