काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले मंगलबार सूचना जारी गरी नायव सुब्बा वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं ११९०१-११९०७ र ०८१-८२ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समुह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
यस्तै लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं १३८०१-१३८०५ र ०८१-८२ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समुह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
यसैगरी लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं १२८५१-१२८५६ र ०८१-८२ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समुह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।







