काठमाडौँ । त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् ।
बुधबार बिहान ९ बजे धादिङ गल्छी गाउँपालिका-१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।
हाम फालेकी महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदम घाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।







