२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रहरी राजनीतिको प्रत्यक्ष प्रभावभित्र छ, बढुवाका लागि नेताको घरदैलो धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’- पदम गिरी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको बताएका छन् । 

यस्तो वातावरण राजनीतिक तहबाटै दिन नसकिएको उनको भनाइ छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रित भएर लाग्नका निम्ति हामीले राजनीतिक तहबाट जस्तो खालको वातावरण दिनुपर्दथ्यो । त्यो हामीले दिन सकेका छौँ भन्ने लाग्दैन ।’

प्रहरी राजनीतिको प्रत्यक्ष प्रभावभित्र रहने अवस्थामा रहेको उनको भनाइ छ ।

‘राजनीतिको प्रत्यक्ष प्रभावभित्र प्रहरी संगठन रहने, राजनीतिक दाउपेचको कोपभाजनमा पहिला कोही पर्‍यो भने प्रहरीहरू पर्ने । यसले वास्तवमा अपराध अनुसन्धान गर्नेदेखि लिएर शान्ति सुरक्षा कायम गर्ने कुरामा वाधा उत्पन्न गर्ने गरेका विगतमा अनुभवहरू छन्,’ गिरीले भने ।

अब बन्ने प्रहरी ऐनले जुनसुकै तहबाट बढुवाका लागि नेताहरूको घरदैलो धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए । अन्यथा, प्रहरी संगठन राजनीतिको प्रभावमा परिरहने उनको भनाइ छ ।

प्रहरीमा दक्ष जनशक्ति, विषय विज्ञ सहितको जनशक्तिको लागि आवश्यक स्रोत र साधनको उपलब्धता हुनुपर्ने पनि उनले बताए ।

शासन व्यवस्थामा भएको परिवर्तनसँगै प्रहरीले काम गर्ने शैलीमा समेत परिवर्तन हुन आवश्यक रहेको उनको आग्रह छ ।