काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा सफाइ पाए लगत्तै आरोपीले अनुसन्धान अधिकृतसँगै पार्टी मनाएको विषयमा छानबिन सुरु भएको छ ।
प्रारम्भिक दृष्टिकोणमै प्रहरीको आचरण विपरीतको कार्य भएको देखिएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको हो ।
प्रवक्ता डीएसपी विजय यादव चतुर्वेदीका अनुसार, छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोलीलाई जिम्मेवारी दिइएको छ ।







