२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुर्कोट गाउँपालिकाले ल्यायो ६० करोडको बजेट

अ+ अ-

काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ५१ लाख ४ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाकोसम्पन्न १७औँ गाउँ सभामा उपाध्यक्ष सीता गिरीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटसँगै ‘धुर्कोट गाउँपालिकाको विनियोजन विधेयक २०८२’ र ‘आर्थिक विधेयक २०८२’ पनि सभामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेट प्राथमिकता, नीति तथा कार्यक्रमअनुसार क्षेत्रगत आवश्यकता समेट्ने गरी तयार पारिएको जनाइएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, स्वच्छ खानेपानी, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, सामाजिक सुरक्षा र सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

उपाध्यक्ष गिरीका अनुसार बजेट निर्माण प्रक्रियामा समुदाय स्तरका आवश्यकता, स्रोतको परिचालन क्षमता र स्थानीय विकासका सम्भावनालाई आधार मानेर प्रस्ताव तयार गरिएको हो ।

बजेटमा विकास निर्माणका ठूला योजना, कृषकलाई अनुदान सहायता, महिला तथा बालमैत्री कार्यक्रम, विपन्न वर्गका लागि लक्षित कार्यक्रम, विपद् व्यवस्थापन योजना र जलस्रोतको उपयोग सम्बन्धी पहल पनि समावेश गरिएका छन् ।