काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् ।
सबैभन्दा पहिले बहस गरेका उनले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन् ।
आफ्नो बहसमा पन्तले माधव नेपाल नेतृत्वको तत्कालीन मन्त्रीपरिषद्ले पतञ्जलि योगपिठलाई हदवन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्नका लागि दिएको स्वीकृति नीतिगत निर्णय मान्न नसकिने जिकिर गरेका थिए ।
तत्कालीन मालपोत विभागका महानिर्देशकले यो गर्न मिल्दैन भन्दाभन्दै पनि उनलाई त्यहाँबाट सरुवा गरेर अर्को महानिर्देशक ल्याइ आफ्नो स्वार्थअनुकुल काम गराएको आरोप पनि पन्तले लगाएका छन् ।







