२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नाप जाँच सुरु

अ+ अ-

काठमाडौँ । कपिलवस्तुमा भूमिहीन सुकुम्वासीले दशकौँदेखि उपयोग गर्दै आएको जग्गा नाप जाँच कार्य सुरु गरिएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका पाँच स्थानीय तहमा सात वटा छुट्टाछुट्टै टोली खटाएर नापीको प्रक्रिया अघि बढाएको हो ।

अहिलेसम्म कपिलवस्तु नगरपालिका-६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगंगा नगरपालिका–१० र ११, बुद्ध भूमि नगरपालिका-६ र ७, शिवराज नगरपालिका-११ र विजयनगर गाउँपालिका-१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिए ।

आयोगले गत साता विजयनगर गाउँपालिका-१ को थरौलीमा नापीको काम सञ्चालन गरेको थियो । नापी टोली पुगेपछि स्थानीयले लालपुर्जा पाउने आशा पुन: जागेको बताएका थिए । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार थरौलिमा पाँच दशकभन्दा बढी समयदेखि सुकुम्वासी बसोबास गर्दै आएका छन् ।

आयोगका विज्ञ सदस्य मोहन केसी, जिल्ला सदस्य मञ्जु थारु र टोपबहादुर विकले समयमै नाप जाँच कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।