काठमाडौँ । पर्सामा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
वीरगञ्ज महानगर-२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना ५ त ९९४१ नम्बरको ट्याक्टर आज दिउँसो १:३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए।
मृत्यु हुनेमा वीरगञ्ज महानगर-२८ बगहीका शिवु पटेल (राउत) र सोही ठाउँका आकाश पटेल (राउत) रहेका छन् ।
सोही समयमा सवार सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन् । मृत्यु भएका दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।







