२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा नक्षत्र वाटिका निर्माण

अ+ अ-

घोडाघोडी (कैलाली) । कैलालीमा नक्षत्र वाटिका निर्माण गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–१, चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा प्रदेशकै पहिलो पटक नक्षत्र वाटिका निर्माण गरिएको छ । 

मन्दिर उपभोक्ता समितिमार्फत सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईअन्तर्गत रु २७ लाख लागतमा वाटिका निर्माण गरिएको निर्माण समितिका सदस्य प्रकाश गुरुङले बताए । 

पूर्वीय दर्शनअनुसार, ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा १२ राशि, नौ ग्रह र २७ नक्षत्रलाई आधार मानेर वाज्ञटिकामा अमला, जामुन, समी, पिपल, वर, बेल, नीम, खयर, कुश, दुबो, गुल्लर, कटहर गरी ४० प्रजातिका बिरुवा रोपिएको सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख डबलबहादुर बोहोराले बताए। 

बोहोराका अनुसार २७ नक्षत्रअनुसार २७ वनस्पति, ज्योतिषीय महत्त्व, आयुर्वेदिक उपयोग, पर्यावरणीय लाभ, धार्मिक र सांस्कृतिक पक्ष, शैक्षिक महत्त्व, वास्तुमा धर्म, जैविक विविधता संरक्षण गर्ने उद्देश्यले नक्षत्र वाटिका निर्माण गरिएको हो । वाटिकामा नक्षत्र र राशीसँग सम्बन्धित बहुगुणी बिरुवा एकै ठाउँमा रोपिएका छन् ।