२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘धान खेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्नुपर्छ’- उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धान खेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। 

उपराष्ट्रपति यादवले २२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सबै मिलेर दिगो कृषि प्रणाली स्थापनातर्फको यात्रामा दृढतापूर्वक अघि बढ्दै खाद्य सुरक्षाको मेरुदण्डलाई थप बलियो बनाउनुपर्ने बताएका छन् । धान खेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउन जरुरी रहेको उपराष्ट्रपति यादवको भनाइ छ । 

“जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु अनुकूल बीउको प्रयोग, पानीको व्यवस्थापन र जैविक मलको प्रयोगलाई प्राथमिकता दिँदै जलवायुमैत्री कृषि कर्मलाई प्रवर्द्धन गर्न उत्तिकै आवश्यक छ । धान आयात घटाउने रणनीतिका साथ अघि बढ्दै नेपालमा वार्षिक रूपमा अर्बौँ रुपैयाँ बराबरको चामल आयात रोक्न जरुरी छ”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ । 

 धान उत्पादन बढाउने, भण्डारणमा सुधार र बजारमा पहुँच विस्तार गर्ने नीतिको सशक्त कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले बीउमा अनुदान, सिँचाइ सुविधामा वृद्धि, कृषक परिचयपत्र र बिमाजस्ता कार्यक्रमलाई थप प्राथमिकता राख्नुपर्ने आवश्यकता औँल्याए। 

यो दिवस आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्यसहित उन्नत कृषि प्रणालीको विकास र आधुनिकीकरणप्रतिको दृढसंकल्पको प्रतीकका रूपमा लिइन्छ । किसानका सीप, निरन्तर श्रम र धैर्यलाई सम्मान गर्दै कृषि क्षेत्रलाई समृद्ध, उत्पादनमुखी र जलवायु अनुकूल बनाउन यो दिवसले सबै नेपालीलाई अभिप्रेरित गर्दछ । धान, हाम्रो खाद्य सुरक्षाको मेरुदण्ड र कृषि अर्थतन्त्रको आधार स्तम्भ हो । धान बालीमा स्थानीय जातहरूको संरक्षण र उन्नत प्रविधिको प्रयोग गर्दै जलवायु अनुकूल, उत्पादनमुखी तथा समावेशी कृषि प्रणाली अंगीकार गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । 

“विभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त, उत्पादनशील र पोषणयुक्त जातको धान प्रवर्द्धनमा जोड दिनुपर्दछ, किसानप्रतिको सहानुभूति र सम्मान अभिव्यक्त गर्न सरकारले अवलम्बन गरेको कृषि नीति कृषिको आधुनिकीकरण, जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन, व्यवसायीकरण र किसानको सामाजिक सुरक्षामा केन्द्रित कार्यक्रम धान उत्पादनमा वृद्धि तथा किसानको जीवनस्तर उकास्ने नीतिबाट अभिप्रेरित छन्”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ ।