काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं, १७१९४/०८१-८२ (आ.प्र.), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै आयोगले विज्ञापन नं. १७१९५-१७१९६/०८१-८२ (खुला र मधेशी), नेपाल कृषि सेवा, ला. पो. एण्ड डे.डे. समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको छ ।








