२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छ’: राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।

६७औँ संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

उपाध्यक्ष घिमिरेले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएकी छन् । 

शुभकामना सन्देशमा भनिएको छ, “मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्न सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्छ, संसद् बलियो हुँदा मात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ, र जनताले सुशासन अनुभव गर्न पाउँछन् ।” 

सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुन:स्थापना गर्न सकिने उल्लेख गर्दै उनले भनेकी छन्, “जसले लोकतन्त्रलाई बलियो बनाउँछ र जनतामा विश्वास जागृत गराउँछ, जनताका मुद्दालाई सशक्त रूपमा उठाउन सक्ने क्षमताको विकास गर्नु जरुरी छ ।”

संसद् दिवसले संघीय संसद्का सदस्य, संविधान सभा सदस्य, पूर्व सांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आम नेपाली जनतामा लोकतन्त्रको सार सम्झाउने र सुधारको बाटो देखाउने अवसर बन्न सकोस् भनी कामना पनि व्यक्त गरेकी छन् ।  

विसं २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिएको छ । संसद् नागरिकको आवाज, आकांक्षा, विचार र आवश्यकता बोकेको संस्था हो । 

नेपालले लामो संघर्षपछि लोकतन्त्र र संघीय प्रणाली अवलम्बन गर्दै संसद्लाई जनताको सर्वोच्च प्रतिनिधि निकायको रूपमा स्थापित गरेको छ । संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्‍याएको उपाध्यक्ष घिमिरेको भनाइ छ ।