२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन

अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको छ । शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले असहमति जनाएका हुन् ।

मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका छन् ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ ।

मन्त्रालयमा भएको छलफलमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस साही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरि, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी भएका थिए ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक रोकेर मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेकोमा निष्कर्ष निस्कन नसकेको हो ।

समितिको बैठक सोमबार बिहान ८ बजे तय भएकोमा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गर्ने भन्दै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, महासंघका प्रतिनिधिसँग सहमति नजुटेपछि अझै बैठक सुरु हुन नसकेको छैन ।

पदपूर्तिका सवालमा शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुटेको अवस्थामा विद्यालय शिक्षा विधेयक समितिबाट पास गरेर प्रतिनिधि सभामा लैजाने तयारी मन्त्रालयको छ ।

त्यसपछि प्रतिनिधि सभामा छलफल भएर पास हुनेछ । त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय पक्रिया पूरा गरेर अगाडि बढ्छ ।

राष्ट्रिय सभाबाट पास भएपछि पुनस् प्रतिनिधि सभामा आउँछ । राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रूपान्तरित हुन्छ । निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, ईसीडी र शिक्षकका माग मुद्दा बढी पेचिलो बनेको थियो ।’