२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परीक्षा बोर्डको त्रुटिले एसइईको नतिजा अड्कियो, विद्यालयमा तोडफोड र आगजनी

अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसके पनि सर्लाहीको रामनगर गाउँपालिका-६ सिसौटस्थित बागमती माध्यमिक विद्यालयका केही विद्यार्थीको नतिजा अझै प्रकाशन हुन सकेको छैन।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सो विद्यालयका ११७ जना विद्यार्थीको नतिजा हालसम्म सार्वजनिक नगरेको हो। राष्ट्रिय स्तरको एसइई परीक्षा दिएका ती विद्यार्थीहरूको नतिजा ढिलाइ हुँदा विद्यालयमा तोडफोड र आगजनीसमेत भएको छ। आक्रोशित विद्यार्थी र स्थानीयले विद्यालयमा क्षति पुर्‍याएका हुन्।

विद्यार्थी तथा अभिभावकहरू नतिजा ढिलाइ हुनुको कारणबारे अन्योलमा छन्। ढिलाइका कारण विद्यार्थीहरूको भविष्य योजना र उच्च शिक्षामा भर्ना प्रक्रियामा असर पर्ने सम्भावना देखिएको छ।

विद्यालय प्रशासनले राष्ट्रिय परीक्षा बोर्डसँग निरन्तर सम्पर्कमा रही नतिजा छिट्टै सार्वजनिक गराउने प्रयास गरिरहेको जनाएको छ। विद्यालयका कर्मचारी रामनिवास यादवका अनुसार मंगलबार बिहानसम्म ९ जनाको मात्र नतिजा आएको छ, जसमा ३ जना उत्तीर्ण र ६ जना अनुत्तीर्ण भएका छन्। बाँकी १०८ जनाको नतिजा अझै नआएको उनले बताए।

उनले परीक्षा बोर्डको लापरवाहीकै कारण विद्यालयमा ठूलो क्षति भएको बताए। विद्यार्थीहरूले नतिजा सार्वजनिक नभएसम्म कक्षामा नजाने अडान लिएका छन्। रामनिवास यादव स्वयम् राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमै गएर दबाब दिइरहेका छन्।

“यहाँका कर्मचारीहरू लगातार काम गरिरहनुभएको छ, तर प्राविधिक त्रुटिले गर्दा हामी निकै दुःखी भएका छौँ,” उनले भने।

विद्यालय प्रशासनका अनुसार केही व्यक्तिले परिस्थिति नबुझी विद्यालय अगाडि तोडफोड गरेका थिए। अब भने सम्पूर्ण विद्यार्थीको नतिजा प्रकाशित भएपछि मात्रै यसबारे विस्तृत छलफल गरिने भएको छ।