२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट फर्केर उद्यम गर्ने उद्यमी पुरस्कृत

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई पुरस्कृत गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत गरिएको हो ।

वैदेशिक रोजगारीमा गई पुनः स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सिप, अनुभव र पुँजीलाई उद्यमशीलता र रोजगारीका क्षेत्रमा आधिकारिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्‍याउन थप जागरूक एवं प्रेरणा मिलोस् भन्ने मूल अभिप्राय लिइएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा प्रत्येक प्रदेशको प्रतिनिधित्व रहने गरी ७ जनालाई ‘उद्यमी राष्ट्रिय पुरस्कार’ स्वरूप नगद ७५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

जसअन्तर्गत आमा कृषि फर्म उर्लाबारी मोरङका राजीव खड्का, निम्तो एग्रो फार्म जितपुर बाराका शंकर सिम्खडा, बैतेश्वर रेस्ट एस्ड क्याटरिङ सर्भिस बैतेश्वर दोलखाका कुमार श्रेष्ठ, वसन्त पोल्ट्री फार्म भानु तनहुँका बसन्तबहादुर खड्का, न्यु सन्ध्या होटेल एन्ड रेस्टुरेन्ट र सासु बुहारी कृषि तथा पशुपालन फर्म अर्घाखाँचीका शोभाखर पौडेल, देउती होजियारी उद्योग एन्ड ट्रेडिङ सेन्टर वीरेन्द्रनगर सुर्खेतका लक्ष्मीप्रसाद ढकाल र कैलापाल बहुउद्देश्यीय कृषि फर्म पाटन बैतडीका तर्कसिंह विष्टले पुरस्कार तथा सम्मान पत्र प्राप्त गरेका हुन् ।

देशभरिबाट उत्कृष्ट उद्यमीका रूपमा भूमिका सिपमूलक तालिम केन्द्र दमक झापाका  रविन पोख्रेललाई ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ स्वरूप नगद १ लाख ५० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पुरस्कृत तथा सम्मानित उद्यमी छनोट गर्दा ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ ले तोकेबमोजिम रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधि प्रयोग, उत्पादन निर्यात गरे/रनगरेको, सामाजिक दायित्व बहन गरे/नगरेको, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्र गरी जम्मा ७ वटा मूल्यांकन सूचकलाई आधार लिइएको थियो ।