२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब बुकीपाटन पुग्न पदमार्ग र काठे पुल

अ+ अ-

ढोरपाटन(बागलुङ) । पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो । किनभने प्राकृतिक सुन्दरताका दृष्टिले मनमोहक रहेको बुकीपाटन पुग्न निकै समस्या थियो । साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे । 

आन्तरिक तथा बाह्य पटक फाट्टफुट्ट मात्रै जाने गर्थे । तर पछिल्लो समय बुकीपाटनमा पर्यटकको चहलपहल बढ्दै गएको छ । अघिल्लो वर्षदेखि यहाँ पुग्ने पर्यटकको भीडै लाग्न थालेको हो । पर्यटकको रोजाइमा बुकीपाटन पर्न थालेपछि यस वर्ष विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठे पुल निर्माण गरिएको छ । ढोरपाटन उपत्यकादेखि बुकीपाटनको गर्पाछेडा जोड्ने पदमार्ग निर्माण भएपछि पर्यटक र गोठालेलाई सहज भएको छ । पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखमा पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको हो ।

साँघुरो गोरेटोमा यात्रा गर्दा पर्यटक लड्ने र घाइते हुने गर्थे । पदमार्ग निर्माण भएपछि उक्त समस्याको समाधान हुन थालेको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग उपभोक्ता समितिमार्फत निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए। गत चैतदेखि सुरु भएको काम असार पहिलो सातामै सम्पन्न भएको उनको भनाइ छ ।

प्रमुख थापाले भने, “बुकीपाटन पुग्न पर्यटकको सहजताका लागि यो पदमार्ग निर्माण गरिएको हो, काम सकिएर अहिले पर्यटकहरू उक्त पदमार्गमा हिँड्न थालेका छन्, पहिले साह्रै अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या रहेछ, अब सहज भएको छ, पाँच किलोमिटर पदमार्गमध्ये केही ठाउँमा पक्की र केही ठाउँमा कच्ची छ, ठाउँठाउँमा विश्रामस्थल र काठका पुल बनेका छन्, यसले पर्यटकको यात्रालाई थप रमणीय र आमदायी बनाउने छ ।”

बुकीपाटन हिउँदमा खाली हुने र वर्षामा गोठलाहरु वस्तुभाउ लिएर जाने गरेका छन् । पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटनका होटल व्यवसायी जीवन अदैले जानकारी दिए। वर्षौदेखि गोठाला बस्ने बुकीपाटनमा अहिले पर्यटक जान थालेपछि वर्खायाममा चहलपहल बढेको उनको भनाइ छ । बुकीपाटनमा पर्यटक जान थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्न थालेको अदैले बताए।

“बुकीपाटनमा पहिले गोठला र हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसी हुन्थे, अहिले धेरैभन्दा धेरै पर्यटक जान थालेका छन्, ढोरपाटन उपत्यकादेखि गर्पाछेडा पुग्ने गोरेटो निकै साँघुरो र अप्ठ्यारो थियो, समय–समयमा गोठाला र वस्तुभाउ लडेर घाइते हुने गर्थे, यस वर्ष पदमार्ग बनेको छ, अब पर्यटकहरूले जोखिम मोलेर यात्रा गर्न पर्ने छैन”, अदैले भने । 

उनका अनुसार तीन स्थानमा काठे पुल, तीन स्थानमा विश्रामस्थलसमेत निर्माण गरिएको छ । गत जेठ पहिलो सातादेखि नै पर्यटकहरू बुकीपाटन पुग्न थालेका छन् । समुन्द्र सतहदेखि करिब चार हजार पाँच सय मिटरको उचाइसम्म रहेको बुकीपाटनसँगै टीकाधार, फागुने, गर्पाछेडालगायतका स्थानमा पनि पर्यटकको चहलपहल बढेको ढोरपाटनका तिलबहादुर पुनले बताए।