काठमाडौँ। बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ।
बुधबार राति करिब ९:१५ बजे फलाम पगाल्ने भट्टीमा भएको विस्फोटमा एक जना घाइते भएका छन्। घाइते क्रेन अपरेटरको हातमा चोट लागेको घटनास्थलबाट प्रशासन प्रहरी स्रोतले जनाएको छ।
विस्फोटलगत्तै प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको छ।







