२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामकुमारीको अभिव्यक्तिबारे एकीकृत समाजवादीको बैठकमा मेटमणिले गरे ब्रिफिङ

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे छलफल भएको छ । 

केन्द्रीय कार्यालय आलोकनगरमा आज केहीबेर चलेको सचिवालय बैठकमा रामकुमारीको विषयले प्रवेश पाएको हो ।

बैठक स्रोतका अनुसार अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिइएकाले रामकुमारीबारे प्रशंग उठेको थियो । 

युवा संघ नेपालको लुम्बिनी प्रदेश स्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् । अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिँड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् ।

सचिवालय बैठकमा उपमहासचिव मेटमणि चौधरीले यही कुरा ब्रिफिङ गरेका छन् । ‘धेरै कुरा भिडियो हेरेर थाहा पाइसक्नुभएको छ, भएको त्यही हो’ चौधरीले बैठकलाई जानकारी गराएका छन् ।

‘हाम्रो प्रदेशमा पार्टी आन्दोलन राम्रोसँग उठिरहेको छ, त्यही सन्दर्भमा युवाहरूको कार्यक्रम भएको थियो’ मेटमणिको ब्रिफिङ गरे, ‘तर त्यस्तो बोलीले (रामकुमारीको अभिव्यक्ति) उपस्थिति मान्छेहरू निराश भए । उहाँले त्यस्तो भन्नु हुन्थेन ।’

तर अध्यक्षमाथि भएको राजनीति प्रतिशोधलाई बल पुग्ने गरी रामकुमारी झाँक्रीले त्यसदिन सार्वजनिक अभिव्यक्ति दिएको चौधरीले बताए । ‘अध्यक्षमाथि राजनीतिक प्रतिशोध भएको छ, तर त्यसैलाई बल पुग्ने गरी नेताहरू बोल्न हुँदैन’, चौधरीले भनेका थिए ।

आजको बैठकमा बोलेका अरू दुई वक्ताले पनि अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध नै भएको तर्क गरेका थिए । पूर्व मुख्यमन्त्री राजेन्द्र राईले त केपी ओलीको सरकारले क्रान्तिकारीलाई अनेक आरोप लगाउने गरिरहेको पनि बताएका थिए । बैठकमा उपाध्यक्ष धर्मनाथप्रसाद साहले पनि बोलेका थिए ।

तीन जनाले बोलेपछि भने तीन दिनपछि बस्ने गरी सचिवालय बैठक स्थगित गरिएको छ । प्रवक्ता एवं उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार २२ असारको बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको छ । अनुशासन आयोगले रामकुमारीलाई सोधेको स्पष्टीकरणको जवाफबारे पनि त्यही दिन छलफल गरिने जानकारी बैठकलाई गराइएको छ ।