२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमुना परीक्षण गर्ने तयारीसमेत गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पर्क व्यक्ति ऋषि भुसालले जानकारी दिए। उनका अनुसार विगतको वर्षभन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमित जस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान गर्दै महानगरले नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

यो कार्यक्रम महानगरका ३२ वटै वडामा सुरु गरिएको भुसालले जानकारी दिए । विगतका वर्षमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामीहरू भेटिएका थिए । दूषित पानीबाट सर्ने ब्याक्टेरियाजन्य रोगहरूमध्ये एक हो हैजा । पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सर्ने गरेको चिकित्साहरूले बताउने गरेका छन् ।

हैजा जीवाणुको सङ्क्रमणका कारण हुन्छ । सामान्यतया पखाला लाग्ने यो रोगको तत्काल उपचार नभए बिरामीको मृत्युसमेत हुनसक्छ ।