काठमाडौँ । आम जनता पार्टी (आजपा) ले तल्लो तहमा काम गर्ने श्रेणीविहीन कर्मचारीहरूको माग सम्बोधन गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
प्रतिनिधि सभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक २०८२’ मा श्रेणीविहीन कर्मचारीलाई प्रवेश निषेध गरेपछि आजपाले विरोध जनाएको छ ।
आजपाले बिहीबार साँझ राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई ज्ञापन पत्र बुझाएको हो । आजपा प्रवक्ता चन्द्र भूषण साहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा श्रेणीविहीन कर्मचारीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न/गराउन विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने माग गरेको छ ।







