काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन गरेका छन् । आइतबार राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन् ।
भ्रमणको दौरानमा राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरूमा राखिएको ऐतिहासिक, पुरात्व तथा सैनिक सामग्रीहरूको अवलोकन गरेका हुन् ।
अवलोकनमा नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापा, रथीबृन्द, अधिकृतलगायत संकलदर्जाको उपस्थिति रहेको थियो ।








