काठमाडौँ । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको परिसरबाट एउटा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान करिब ९ बजेतिर मेची भन्सार नाकाबाट प्रहरीले पेस्तोलसहित भारत पश्चिम बंगाल दार्जिलिङका २५ वर्षीय प्रतिक अग्रवाललाई पक्राउ गरेको हो।
उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार मेची भन्सार नाकामा डब्लुबी-७४–एजे-०४०० नम्बरको स्कुटरको डिक्कीभित्र लुकाएर राखिएको १ थान एयर पेस्तोल, १८ राउण्ड मेटल बुलेट र ४ थान मोबाइल बरामद गरिएको छ ।
अवैध हतियारसहित पक्राउ परेका अग्रवालमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।







