काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगले मंगलबार सूचना जारी गरी उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१०/०८१-८२ (आ.प्र.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै आयोगले विज्ञापन नं. १७२११/०८१-८२ (खुला), १७२१२/०८१-८२ (पि.क्षे.) नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।








