२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सरोकारका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सभा सदस्यहरूले समसामयिक तथा सार्वजनिक सरोकारका विषयमा प्रदेश सरकारमार्फत सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको आज बसेको २८औँ बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य रनसिंह परियारले हुम्लाको अदानचुली र नाम्खा गाउँपालिकाको तिलगाउँका पहिरोपीडितको समस्याभन्दा सरकार उद्घाटन, मेलामै रमाउनु विडम्बना भएको बताए । उनले हुम्लाका पहिरो तथा आगलागीपीडितका समस्या यथोचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रदेश सभा सदस्य बलिमाया बुढाले प्रदेश सरकारका धेरै योजना अलपत्र परेका र भएका काम पनि गुणस्तरहीन देखिएकाले सरकारलाई यसबारे समयमै बुझ्न आग्रह गर्नुभयो । मिटरब्याज र जग्गा अटोपासले समाजमा विकराल समस्या लिएको भन्दै यस्ता कार्यमा लाग्नेलाई कडा कारबाहीका लागि नीति बनाएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराइन् । 

त्यसैगरी, प्रदेश सभा सदस्य तुलसा मल्लले अविरल वर्षाका कारण रुकुम पश्चिमका धेरै बस्ती विपद्को जोखिम भएकाले सुरक्षित स्थानमा ती बस्ती सार्न सरकारलाई तयारी गर्न आग्रह गरिन् । सदस्य कल्याणी खड्काले सरकार तथ्यांकमा रहेर काम गर्न नसकेको बताइन् । उनले तथ्यांकबिनाको नीति, कार्यक्रम र योजना बन्न नसक्ने भएकाले सबै क्षेत्रको तथ्यांक स्पष्ट राख्न सरकारको ध्यानाकर्षण गराइन् । 

सदस्य देवेन्द्र शाहीले जुम्लाको चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाको सीमा क्षेत्रको हाका पाटनमा तीन दिनअघि चट्याङ परी एक सय ९७ भेडा मरेकाले यथोचित राहत तथा क्षतिपूर्ति दिन र सोही घटनामा परी घाइते भएका भेडापालक सिञ्जा गाउँपालिका-६ जुम्लाका धनबहादुर रावतको उपचारका लागि सहयोग गर्न सरकारलाई आग्रह गरिन्।

प्रदेश सभा सदस्य महेन्द्र केसीले प्रदेश सरकारले चालु आव २०८१/८२ बजेट खर्च गर्न नसकेर असफल भएको धारणा राखे । समग्र खर्च ६४ प्रतिशत र पुँजीगत खर्च ५८ प्रतिशत मात्र गर्नुले खर्च प्रगति कमजोर रहेको बताउँदै उनले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नौ महिनासम्म नियुक्त किन हुन नसकेको भन्दै प्रश्न गरे ? 

प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले चौरजहारी नगरपालिका-३ रुकुमपश्चिम टाटागाउँका चन्दबहादुर बुढाथोकीले श्रीमती देवीका बुढाथोकीलाई खुकुरी प्रयोग गरी क्रूर हत्या गरेकाले उनलाई हदैसम्मको कानुनी कारबाही गर्न, एक छोरा र दुई छोरीहरूको भर पोषण, शिक्षा स्वास्थ्यको जिम्मा सरकारलाई लिन आग्रह गरिन्। उनले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्न बनेको विधेयक आर्थिक भार बढ्छ भनेर कार्यकारी नबनाएको र अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको बारेमा सरकारको ध्यानाकर्षण गरिन् ।

प्रदेश सभा सदस्य मंगलबहादुर शाहीले प्रदेश सरकारले सुशासन र पारदर्शिताका कुरा गरे पनि ? १५ र ३० लाखका योजना छनोट भए नभएकोबारे कुनै जानकारी हुन नसकेको बताए । उनले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धनका लागि बनेको ऐन कार्यकारी अर्थात् अधिकारवाला हुनुपर्ने धारणा राखे । सदस्य कलबहादुर हमालले विपद् जोखिमबाट बढी प्रभावित हुने बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राखेर तयारी गर्न अनुरोध गरे । 

बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ‘कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भनी सभामा प्रस्ताव गर्न समय दिएसँगै उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । सभाको अर्को बैठक असार ३० गते दिउँसो ३:०० बजे बस्ने उनले जानकारी दिए ।