बागलुङ । बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका-८ की ३८ वर्षीय हुमी विक र सोही नगरपालिका-५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।







