काठमाडौँ । लोक सेवा आयोगले अधिकृत स्तर तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार नतिजा प्रकाशन गरेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को वि.नं. ९६-१०३/०८०-८१ (आ.प्र., खुला तथा समावेशी) अधिकृत स्तर तृतीय श्रेणीको विभिन्न सेवा, समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।





यस्तै आयोगले विज्ञापन नं १७३०३-१७३०७/०८१-८२ (खुला तथा समावेशी), कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प.तृतीय श्रेणी, पशु विकास अधिकृत पदको लिखित नतिजा पनि आजै प्रकाशन गरेको छ ।









