काठमाडौँ । लोक सेवा आयोगले अधिकृत स्तर तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले सोमबार साँझ अधिकृत स्तर तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित नतिजा प्रकाशन गर्दै २७ उम्मेदवार उत्तीर्ण भएको जनाएको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३०८-१७३१२/०८१-८२ (खुला तथा समावेशी), कृषि सेवा, भेटेरिनरी समूह, रा.प.तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।









