काठमाडौँ । गुल्मी रेसुंगामा जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ ।
३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले रेसुंगा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो ।
रेसुंगा नगरपालिका-८ मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।







