२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तो भयो’-शिक्षा समिति सभापति थापा

अ+ अ-

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हाबी भएको बताएका छन् । त्यो राजनीति विद्यालय शिक्षा विधेयकमा पनि पसेको उनको भनाइ छ ।

समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक ‘शिक्षक विधेयक’ जस्तो भएको उनको टिप्पणी थियो । ‘शिक्षाको अवस्था सुधारका लागि विद्यालय शिक्षा विधेयक अगाडि बढेको छ । अहिले पनि शिक्षक महासंघको अध्यक्ष यही हुनुहुन्छ । उहाँसँग सबै सहमति हुन्छ, अन्त गएपछि के हुन्छ थाहा छैन । उहाँहरूका धेरै मागहरू हामीले सम्बोधन पनि गरिसकेका छौँ, ‘उनले भने, ‘शिक्षा विधेयक नै अहिले शिक्षक विधेयक भएको छ । आज हामी शिक्षकहरू देशभरका विद्यार्थीप्रति उत्तरदायी बनाउन सकियो, शिक्षकका सेवा सुविधा थप्न सकियो भने मात्र विद्यार्थी असल बन्न सक्छ भन्ने हाम्रो समितिको ठहर छ ।’

शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको खाका नबनाई सरकारले अन्धाधुन्ध निर्णय गर्दै आएको पनि समिति सभापति थापाको भनाइ थियो । आवेदनकै आधारमा समुदायमा विद्यालयको संख्या थप्ने सरकारको निर्णयले पनि शिक्षामा गुणस्तर आउन नसकेको उनको भनाइ छ ।

‘शिक्षा क्षेत्रलाई राज्यले धेरै अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्यो, तर त्यसको मोडालिटी के हो ? कस्तो गुणस्तर दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा ध्यान दिएन, ’उनले भने, ’तलबाट आवेदन आएपछि स्वीकृति दियो । दरबन्दी दिन पर्दैन ? विद्यार्थी छन् कि छैनन् ? राजनीतिक रूपले हामीले शिक्षालाई लथालिंग पारेका छौँ ।’

समिति सभापति थापाले शिक्षा, स्वास्थ्य, देश विकासमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न नहुने बताएका छन् ।