२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत वितरण केन्द्रमा इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ७३ को मृत्यु

अ+ अ-

काठमाडौँ । गाजामा सहायता र राहत सामग्री लिन विभिन्न स्थानमा लामबद्ध भएकामाथि इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । गाजा क्षेत्रमा सहायता वा राहत वितरण केन्द्रमा इजरायली सेनाले गोली चलाएको यो पहिलो घटना भने होइन ।

स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालहरूबाट सूचना संकलन गरेर एसोसिएट प्रेसले उत्तरी गाजामा भएको यो घटनामा मृत्यु हुनेको संख्या अनुमान गरेको हो ।

अलजजिराले भने स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै मृत्यु हुनेको संख्या ८४ पुगेको र जसमध्ये सहायता सामग्री लिन लाइनमा बसेका ७३ जना रहेको बताउँदै घटनामा २०० भन्दा धेरै घाइते भएको जनाएको छ । इजरायली सेनाले भने हमास लडाकुहरुले भीडमा अराजकता फैलाएको आरोप लगाउँदै गोली चलाउनुपर्ने अवस्थालाई पुष्टि गर्न खोजेको छ ।संयुक्त राष्ट्रसंघले केही अघि गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम सातायता करिब ८०० जनाको ज्यान गएको बताएको थियो । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘मे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ । ‘इजरायलले प्यालेस्टाइन लक्षित आक्रमण सुरु गरेयता त्यहाँका विशेषगरी महिला र बालबालिकाहरू भोकमरीको सिकार बनेका छन् । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको बताउँदै आएको छ । त्यहाँ सहायता सामग्री वितरण हुने ठाउँमा भीडभाड हुने र त्यसैमा इजरायली सेनाले गोली चलाउने घटना बारम्बार दोहोरिरहेका छन् ।