२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा पानीको हाहाकार भएको भनेर सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । मधेशमा पानीको हाहाकार भएको भनेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा आकस्मिक समयमा बोल्दै उनीहरूले अहिले मधेशमा देखा परेको पानीको समस्या बिस्तारै अन्यत्र समेत फैलिन सक्ने बताएका छन् ।

नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मधेशमा सुख्खा क्षेत्र घोषित भएको स्मरण गरे ।

‘जनताले पानी समेत नपाउने अवस्था आयो । वारुण यन्त्रमार्फत पानी लैजानुपर्ने अवस्था छ । यसमा सरकार गम्भीर बनोस् र तत्काल समस्या समाधानमा ध्यान दियोस्,’ उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले पनि सरकारको ध्यानाकर्षण गरे ।

‘मधेशमा विकराल परिस्थिति सिर्जना भइसकेको छ । यो समस्या मेची महाकालीसम्मै पुग्न सक्दछ,’उनले भनेका छन्, ‘पहिले मधेशमा १८ फिटमा पहिले पानी पाइन्थ्यो । अहिले कतै कतै साढे ३ सय फिटमा समेत पानी नपाउने अवस्था आएको छ ।’