२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधान अधिवेशनका लागि सुझाव संकलन गर्दै एमाले

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आगामी भदौमा हुने विधान अधिवेशनका लागि सुझाव संकलन सुरु भएको जनाएको छ ।

मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णयहरू आजैदेखि तल्ला कमिटीहरूमा पठाएर सुझाव संकलन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘आजदेखि हामी यो प्रस्ताव र आएका सुझावलाई प्रदेश र मातहत कमिटीमा छलफलका लागि एउटा निश्चित समय दिएर हामी पठाउँदै छौँ’ उनले भने, ‘आएका सुझावहरूलाई समेटेर विधान अधिवेशनमा पुर्‍याउने हाम्रो सहमति भएको छ ।’

गौतमका अनुसार एमाले सचिवालयले केन्द्रीय कमिटी र पदाधिकारीको संख्याबारे राखेको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । यस्तै जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउनुपर्ने सुझाव अस्वीकार गर्दै बैठकले जिल्ला कमिटीलाई कार्यकारी नै राख्ने निर्णय पनि गरेको छ ।

‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता दुई तहको हुने कुरालाई प्रष्ट गर्नुभएको छ । एउटा-पार्टीको संगठित सदस्यता, अरु-पार्टी सदस्यता,’ गौतमले भने ।

अध्यक्ष ओलीले जिल्ला कमिटीलाई राज्यको संयन्त्र बमोजिम बनाउने केन्द्रीय सदस्यहरूको प्रस्ताव अस्वीकार गर्दै अहिलेको परिस्थितिमा जिल्ला कमिटीलाई समन्वय बनाएर लिएर जान नसकिने बताएको गौतमले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटी २५१, त्यसको एक तिहाइ पोलिटब्युरो र बनाउने निर्णय भएको पनि जानकारी दिए । ‘कमिटीमा धेरै संख्या बनाउने, परिभाषित जिम्मेवारी दिन नसक्ने, यस्तो परिवेशमा कमिटीहरू चुस्त, दुरुस्त, छरितो हुनुपर्छ भन्ने हिसाबले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउने निर्णय भएको छ ।’