काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले ४ वटा क्याम्पसमा फुड टेक्नोलोजी कार्यक्रममा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा नै सामेल नभएका विद्यार्थीलाई भर्ना गरेको पाइएपछि त्रिविले शैक्षिक वर्ष २०८२/०८३ मा भर्ना गर्न रोक लगाएको हो ।
विराट मल्टिपल कलेज विराटनगर, धरान बहुमुखी क्याम्पस धरान, निलगिरी कलेज सुनसरी र नागरिक कलेज नवलपरासीलाई फुड टेक्नोलोजीमा विद्यार्थी भर्नामा त्रिविले रोक लगाएको हो ।
अध्ययन संस्थानले जारी गरेको सूचनामा यही साउन ६ गते बसेको अध्ययन संस्थानको विद्यापरिषद् स्थायी समितिको बैठकले रोक लगाउने निर्णय गरेको जनाएको छ ।







