काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले सरकारको चर्को आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले भ्रष्टाचारको काण्डमा मुछिएका मन्त्रीहरूको रक्षा गर्नमा केन्द्रित भएको आरोप लगाए ।
उनले भने, ‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दिनँ, सुशासनमा प्रतिबद्ध छौँ। कास्की लिची बगैँचा काण्डमा मुछिएका अझै किन पदमा छन् ? भिजिट भिसा काण्डमा मुछिएकाहरूलाई सम्मान गरिन्छ। यो मौनताले लाज हराएको शासन हो कि ? भ्रष्टाचारको सुरक्षित शासन हो ?’
उनले मधेश सुख्खा क्षेत्र हुँदा पनि सरकार संवेदनहीन बनेको भन्दै चर्को आलोचना गरेका छन् ।







