२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रसमा काँग्रेस-एमालेको भागबन्डासहित तदर्थ समिति गठन

अ+ अ-

काठमाडौँ । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीमा सत्ता साझेदार दुई दलले भागबन्डा गरेर नयाँ तदर्थ समिति गठन गरिएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले भागबन्डा गरेर तदर्थ समिति बनाएका हुन् । काँग्रेस निकट विनोद शर्माको नेतृत्वमा ९ सदस्यीय नयाँ तदर्थ समिति समेत बनाइएको छ । शर्माले विगतमा रेडक्रसको उपाध्यक्ष पदमा काम गरिसकेका छन् ।

सरकारले गठन गरेको तदर्थ समितिमा काँग्रेसबाट अध्यक्षसहित पाँच र एमालेबाट महामन्त्रीसहित चार जना हुनेगरी भागबन्डा गरिएको हो । महामन्त्रीको जिम्मेवारी पाएका मीनबहादुर मल्ल भने एमाले निकट हुन् ।

नवगठित तदर्थ समितिका अन्य सदस्यहरूमा हरि बराल, लोकदर्शन श्रेष्ठ, कान्तिराज भण्डारी, सूर्यकुमारी श्रेष्ठ, हरि दर्शन श्रेष्ठ, हेमराज ओझा, गंगाधर अधिकारी छन् । यीमध्ये एमालेबाट स्थान पाएकाहरूमा हरि बराल, मीनबहादुर मल्ल, कान्तिराज भण्डारी, सूर्यकुमारी श्रेष्ठ छन् । तदर्थ समितिलाई विधान संशोधन गरेर तीन महिनाभित्र चुनाव गर्न कार्यादेश दिइएको छ ।

नेपाल रेडक्रस सोसाइटी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहत सञ्चालित संस्था हो । हालको तदर्थ समिति विघटन गरेर नयाँ बनाउन उक्त मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको थियो ।